Logo

२ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मा अनुसन्धान अघि बढाइने भएको छ ।

भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको गतिविधिले देशमा हिंसा भड्किन सक्ने विश्लेषणपछि गएराति उनलाई भक्तपुरको ठिमीस्थित निवासबाटै जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यति मात्रै नभई उनले देशको प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितासमेत रोक्ने भन्दै क्यानका अधिकारीहरूलाई चेतावनी दिएको कुरा सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईँलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइनेछ ।


सम्बन्धित समाचार