२ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीलाई दुस्ख दिने र छिटो काम गरिदिने भन्दै रकम असुल्ने कार्यमा संलग्न आठ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो सोमबार तीन जना र आज ९मङ्गलबार० पाँच जना गरी जम्मा आठ जनालाई नियन्त्रणमा लिएको हो । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका व्यक्तिहरूले राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई विभिन्न बहानामा हैरानी दिने र छिटो काम मिलाइदिने प्रलोभनमा रकम लिने गरेको पाइएको छ।
पछिल्लो समय राहदानी विभागमा बिचौलियाको बिगबिगी बढेको भन्दै नागरिकबाट गुनासो आउन थालेपछि प्रहरीले कारबाही अघि बढाएको हो । पक्राउ परेकाहरूमाथि अहिले सोधपुछ तथा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरूको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।















