Logo

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

चितवनको जितमा इङ्ग्लिस ब्याटर रबि बोपाराको शानदार अर्धशतक र सैफ अली जैबको निर्णायक आक्रामक ब्याटिङ महत्त्वपूर्ण रह्यो । कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै भेटाएको हो । चितवनका लागि रबि बोपारा ले ३५ बलको सामना गर्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ५१ रन को अर्धशतकीय इनिङ खेले ।

ओपनर दीपक बोहराले पनि ४२ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । यस्तै, अन्तिम समयमा आएका सैफ अली जैब ले मात्र १६ बलमा २ चौका र ४ छक्काको सहयोगमा विष्फोटक ३८ रन जोड्दै टोलीलाई जितसम्म डोर्‍याए । बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक-एक विकेट लिएका थिए ।

यो जितसँगै चितवनले एनपीएलमा कर्णालीमाथि पहिलो पटक जित दर्ता गरेको छ । यसअघि, पहिलो संस्करणमा भएका दुवै भिडन्तमा कर्णालीले चितवनलाई पराजित गरेको थियो ।


सम्बन्धित समाचार