Logo

३ मंसिर, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा कार्यरत दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो ।

छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागिएको भन्ने सूचनाका आधारमा निगरानी बढाइएपछि उनीहरू समातिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग माग गरिएको एक लाख रुपैयाँ लिइसकेको अवस्थामा मंगलबार वीरगञ्ज महानगरपालिका–३, आदर्शनगरमा अवस्थित नापी कार्यालय पर्सा १, २, ३ नं नापी टोलीको कार्यालयबाट पक्राउ गरियो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।


सम्बन्धित समाचार