Logo

३ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ३९ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज तोलामा रु। २ हजार ८ सयले बढेर प्रतितोला २ लाख ४२ हजार ३ सयमा पुगेको छ । पछिल्ला केही दिनयता सुनको बजारमा तीव्र उतारचढाव देखिएको छ, जसअनुसार अस्तिको तुलनामा हिजो एकैदिन तोलामा ३ हजार ८ सयले भाउ घटेको थियो । यद्यपि, असोज ३१ गते सुनको भाउले अहिलेसम्मकै उच्च प्रतितोला रु। २ लाख ५८ हजारको रेकर्ड कायम गरेको थियो ।

यसैगरी, बुधबार चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३,०९० मा कारोबार भएको चाँदीको भाउ आज तोलामा ६० ले बढेर ३,१५० पुगेको छ । चाँदीको भाउले पनि असोज ३१ गते प्रतितोला ३,३५० को सर्वाधिक उच्च रेकर्ड बनाएको थियो। समग्रमा, आज सुन र चाँदी दुवैको भाउमा वृद्धि देखिएको छ ।


सम्बन्धित समाचार