Logo

३ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरेको छ ।

सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा गठित समितिले जापानमा कामदार पठाउने सन्दर्भमा जापानले सन् २०१७ देखि नयाँ कार्यक्रमहरू ल्याइसकेकाले उक्त निर्देशिकाको औचित्य समाप्त भएको ठहर गर्दै खारेजीको सिफारिस गरेको हो । मन्त्रीस्तरीय निर्णयमार्फत यस विषयमा अन्तिम टुङ्गो लाग्नेछ । नेपालले अहिलेसम्म पुरानो निर्देशिका २०६६ अन्तर्गत जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन मार्फत प्राविधिक अभ्यासार्थी कामदार पठाउँदै आएको थियो, जुन प्रणाली जापान सरकारले सन् २०१७ मा नै खारेज गरिसकेको छ। जापानले खारेज गरी ल्याएको थियो र अब सन् २०२७ देखि कार्यक्रम ल्याउने तयारीमा छ ।

म्यानपावर व्यवसायीहरूले लामो समयदेखि यो निर्देशिका खारेज गरी सबै व्यवसायीले जापानमा कामदार पठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । मन्त्रालयले अब यो निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायीमार्फत जापानमा कामदार पठाउने पाउने गरी नयाँ व्यवस्था गर्ने तयारी गरिरहेको छ ।


सम्बन्धित समाचार