Logo

३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ १० मिनेटका लागि स्थगित भएको छ।

बैठकमा नेकपा एमालेबाट एक मात्र उपस्थित सांसद सारदा देवी थापाले सरकारका प्रतिनिधिहरूको उपस्थिति नरहेको भन्दै नियमापत्ति राखेपछि सभामुख बबिता राउत इशरले बैठक स्थगित गरेकी हुन् । सभामुखले सरकारलाई तत्काल उपस्थित हुन निर्देशन दिँदै बैठक स्थगन गरेको जनाइएको छ ।

आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची राखिएको थियो। महाअभियोगमा छलफल हुने यो महत्त्वपूर्ण बैठकमा जनस्वराज रोजेका जनमतका सांसदहरू पूर्वमुख्यमन्त्री सतिश सिंह, त्रिभुवन साह र माओवादीबाट विद्रोह गरेकी सांसद माला कर्णसमेत सहभागी थिए ।

यद्यपि, सभामुख मण्डलमाथि महाअभियोग प्रस्ताव दर्ता भएदेखि प्रदेशसभामा सचिवसहितका उच्च पदस्थ कर्मचारीहरू आउन छाडेकाले प्रदेशसभाको कामकारबाही प्रभावित भएको छ।


सम्बन्धित समाचार