Logo

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियाणा, रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रीत सिंह र बर्दिया घर भई भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन्।

उनीहरूले ‘खेलाडीलाई स्पोन्सर गर्छौं’ भन्ने नाममा ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरेर सट्टेबाजी गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ।

दुवै जनालाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार