Logo

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाउँका २५ वर्षीय आनन्द कुमार रहेका छन्।

भारतको रक्सौलबाट बीआर–०५ एभी–५९८३ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गरेका कुमारलाई वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले रोक्दै चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनी लगाएको हेल्मेटको भित्रबाट नेपाली ३ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।

बरामद रकमको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरीले उनीमाथि नियन्त्रण लिएको हो। रकम र मोटरसाइकलसहित कुमारलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार