Logo

३ मंसिर,वीरगञ्ज । बारामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–१ त्रिवेणीका ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालुकुमार बैठा, ३६ वर्षीय लालु साह, निजगढ नगरपालिका–८ का ४० वर्षीय राजकुमार लामा र २५ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्।

फेटा गाउँपालिका–१ त्रिवेणीका कृष्ण महतोको घरमा ब्राउन सुगरको खरिद–बिक्री भइरहेको भन्ने गोप्य जानकारीका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागुऔषध नियन्त्रण ब्यूरो, वीरगन्जको संयुक्त टोलीले छापा मारेको थियो। छापामारीका क्रममा महतोको घरबाट २३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि घरधनी महतोसहित पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।


सम्बन्धित समाचार