Logo

४ मंसिर, काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो। मिसिल आएपछि आजका लागि पेसी चढाइएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरले जानकारी दिए।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारीको ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा देखिएको अपचलनसम्बन्धी आफ्नो जिम्मेवारीको भागका रूपमा बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको रिहाइ अस्वीकार गरेको थियो। उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

यता, अदालतले यसअघि नै लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न आदेश गरिसकेको छ। आजको पेसीलाई लिएर दुवैपक्षका कानुन व्यवसायीहरू बहसमा सहभागी हुने व्यक्तिहरूबारे आन्तरिक तयारी र छलफलमा व्यस्त रहेको स्रोतले जनाएको छ।

सहकारी ठगी प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको छ, र आजको पेसीले मुद्दा प्रक्रियामा थप प्रगति हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार