Logo

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक फेरि एकपटक स्थगित भएको छ ।

यसअघि आजका लागि तय गरिएको बैठक अब दुई दिन पछि सारिएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार, यो बैठक अब आगामी शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीको महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको छ। यसअघि, कांग्रेसले कार्तिक ३० गते सूचना जारी गर्दै मंसिर १ गतेका लागि तय भएको बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि सारेको थियो । गत असोज २८ गतेदेखि सुरु भएको यो बैठकमा नेताहरूले कार्तिक २७ गतेसम्म आफ्ना धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि कार्तिक २९ र मंसिर १ गतेका लागि तय भएका बैठकहरू पनि स्थगित हुँदै आएका थिए ।

ग्रेसभित्र अहिले केन्द्रीय कार्यसमिति बैठकमा मुख्य रूपमा पार्टीको आगामी महाधिवेशनको स्वरूपबारे बहस केन्द्रित छ। पार्टीमा एक पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन समेत गरिसकेको छ, भने संस्थापन पक्षका नेताहरू आगामी निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । जारी बैठकले पार्टीको १५ औं महाधिवेशनको मिति र प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार