Logo

४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा पेसी चढेको छ ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका प्रसाईंको निवेदन आज सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइका लागि तोकिएको हो । प्रसाईंलाई प्रहरीले गत मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुअघि प्रहरीले प्रसाईंले घोषणा गरेको आन्दोलनका क्रममा दिएका भड्काउपूर्ण अभिव्यक्ति र उनको गतिविधिले देशमा हिंसा भड्किन सक्ने विश्लेषण गरेको थियो ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने, यातायातसहित सम्पूर्ण क्षेत्र ठप्प पार्ने र देशको प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग ९एनपीएल० समेत रोक्न क्यानका अधिकारीहरूलाई चेतावनी दिएको खबर सार्वजनिक भएको थियो।

सोही कारण उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रसाईंले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए, जसको सुनुवाइ आज हुँदैछ।


सम्बन्धित समाचार