Logo

४ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर बिहीबार २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ । सुनसँगै चाँदीको भाउ पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा वृद्धि भई आज बिहीबार ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा परेको देखिएको छ, जसकारण उपभोक्ताहरूले आज बढेको भाउमा सुन तथा चाँदीको कारोबार गर्नुपर्ने भएको छ।


सम्बन्धित समाचार