Logo

५ मंसिर, काठमाडौं । बाराको सिमरामा भएको विवादपछि चर्किएको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

उनीहरूले नेकपा एमालेको पूर्वनिर्धारित ‘नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड’ घोषणा कार्यक्रमलाई रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् । एमालेले आज आफ्ना अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स घोषणासहित र्‍याली आयोजना गर्दैछ । प्रदर्शनकारीहरूले एमालेले बारामा भएको जेनजी–एमाले भिडन्तलाई उक्साएको र सो कार्यक्रममा ओलीलाई नै प्रमुख अतिथि बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका घाइतेहरूले एमालेको यस प्रकारको कार्यक्रमले थप तनाव बढाउन सक्ने भन्दै विरोध स्वरूप धर्ना दिएका हुन् ।


सम्बन्धित समाचार