Logo

५ मंसिर,काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगमा हालसम्म ३७ वटा दल दर्ता भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ दल दर्ता भएका छन् भने समग्रमा आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १२६ पुगेको छ। थप ३० दल दर्ता प्रक्रियामा छन्।

निर्वाचनको सुरक्षा र व्यवस्थापन कार्यहरू कार्ययोजना अनुसार अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूलाई मतदाता मानिनेछ। आगामी मङ्सिर २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ। कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म विवरण सच्याउन सकिने व्यवस्था रहेको छ।

मतदाता विवरण सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले बताए।


सम्बन्धित समाचार