५ मंसिर,वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र बिरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा पर्सागढी नगरपालिका–२ कटानीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरको उद्घाटन ८५ वर्षीय जेष्ठ नागरिक बलबहादुर आचार्यको आँखा परीक्षण तथा स्वास्थ्य जाँच गरी गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूको दृष्टि परीक्षण, आँखा जाँच, आवश्यक परामर्श र औषधि वितरण गरिएको थियो। आवश्यक परे वरिष्ठ सर्जनहरूको टोलीले शल्यक्रिया समेत गर्ने व्यवस्था गरिएको जानकारी दिइएको थियो।
सामुदायिक आँखा केन्द्र बिरगंजका मेडिकल संयोजक महेश सिंह धामीसहित ५ जनाको प्राविधिक चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। शिविरमार्फत समुदायमै गुणस्तरीय आँखा सेवा उपलब्ध गरिनुले स्थानीय बासिन्दाहरूमा खुशीको माहोल बनेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सल्लाहकार अमिताभ बच्चन दास, रमेश मानन्धर, सुनिल रौनियार लगायतको उपस्थिति रहेको थियो। स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरले समुदायका धेरै व्यक्तिलाई प्रत्यक्ष लाभ पुगेको आयोजक संस्थाले जनाएको छ।

















