Logo

सन्तोष तामांग

५ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ। जिल्लामा बढ्दै गएको सुरक्षा तनाव र पछिल्ला घटनाक्रमपछि उनलाई जिम्मेवारीबाट हटाउँदै प्रहरी हेडक्वार्टरमा तानिएको हो। उनले सम्हाल्दै आएको जिल्ला प्रहरी कार्यालय, बारामा अब मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई काज सरुवा गरिएको छ।

प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बाराको प्रहरी नेतृत्व परिवर्तन भएको पुष्टि गरेका छन्।

बुधबार बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो। झडपपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो। बिहीबार स्थिति नियन्त्रित गर्न प्रहरीले गोलीसमेत चलाएको थियो।

झडपकै विषयमा जेनजी समूहले आफ्ना समर्थकमाथि कुटपिट भएको आरोप लगाउँदै ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। सो प्रकरणमा प्रहरीले दुई जना वडा अध्यक्षसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुद्धिन अन्सारी रहेका छन्।


सम्बन्धित समाचार