Logo

६ मसिंर, काठमाडौँ । नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शान्तिपूर्ण प्रदर्शन तथा विरोध सभा हुने पार्टीले जनाएको छ।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै लगातार विरोधका कार्यक्रम गर्दै आएको छ। पार्टीले सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारलाई समेत असंवैधानिक ठहर गर्दै विरोध सशक्त बनाउँदै आएको छ।

यसअघिको चरणअनुसार एमालेले कात्तिक २२ गते वडास्तरीय भेला, २५ गते पालिकास्तरीय तथा २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरिसकेको छ। पार्टीले क्रमिक दबाबमूलक कार्यक्रमका क्रममा आज राजधानीस्तरको प्रदर्शनलाई महत्वपूर्ण मानिरहेको छ।

यस्तै, मंसिर ५ गते एमालेले सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेसनल भोलेन्टियर्स फोर्स’ गठन गरिएको घोषणा गरेको थियो। पार्टीका अनुसार यो संरचनाले संगठनात्मक तथा कार्यक्रम व्यवस्थापनमा सहजीकरण गर्ने लक्ष्य राखेको छ।


सम्बन्धित समाचार