६ मंसिर,वीरगञ्ज । जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक बिशेष साहको नेतृत्वमा पर्सा जिल्लाका विभिन्न वडादेखि पालिकासम्म सक्रिय युवा नेतृत्वबीच आज वीरगञ्जमा विशेष भेटघाट सम्पन्न भएको छ।
जेन जी पर्साका अनुसार भेटघाटमा पर्साको युवानेतृत्व, स्थानीय सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत र प्रभावकारी छलफल गरिएको हो।
कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ र रिशु वर्मा सहितको टोलीको सहभागिता रहेको थियो। भेटघाटअघि टोलीले बिरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश तथा प्रदेशको शान्ति, समृद्धि र युवाहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको बताइएको छ।
भेलामा नेतृत्वको सामाजिक योगदान, युवाको भूमिका तथा पर्साको समग्र विकासका मुद्दाहरूलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइयो। साथै जेन जीका युवाहरू संगठनात्मक रूपमा अझ मजबुत, एकीकृत र सक्रिय ढंगले अघि बढ्ने सहमति पनि व्यक्त गरिएको छ।















