Logo

६ मंसिर,वीरगञ्ज । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको तेस्रो अधिवेशनले वेदप्रकाश कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ। शनिबार वीरगन्जमा सम्पन्न अधिवेशनले कुर्मीलाई निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व घोषणा गरिएको हो।

अधिवेशनले उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमलाई चयन गरेको छ। त्यस्तै, सचिवमा विकेश साह, सहसचिवमा सुरज चौधरी, दिलशाद इकबाल र प्रमानन्द पटेल तथा कोषध्यक्षमा प्रभात मण्डल र मनिषा महतो निर्विरोध हुन्।

सदस्यका रूपमा मोइन हुसेन, रमेश दास, विजय साह, मुकेश यादव, सुमित साह, आशीष तिवारी, सिद्धार्थ पटेल, बृजेश रौनियार, प्रवेश साह र पुष्पराज साह चयन भए।

निवर्तमान सभापति पियांशु गुप्ता रौनियारको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल मधेस प्रदेशका पूर्व अध्यक्ष मनोज दास, नेविसंघ पर्साका सभापति रमेश यादव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले नयाँ नेतृत्वसँगै संगठनलाई अझै सुदृढ बनाउँदै पर्साको इन्जिनियरिङ तथा सामाजिक क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार