Logo

६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ थालेको काठमाण्डुले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाउन सफल भयो।

काठमाण्डुका लागि आदिल आलम अविजित ४८ रन बनाए भने वेन चार्ल्सवर्थले ३२ रनको योगदान दिए। बलिङतर्फ विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट लिए भने सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले समान १–१ विकेट लिए।

काठमाण्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो भने अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। आजको खेल विराटनगरका लागि दोस्रो हो; पहिलो खेलमा उसले पोखरालाई हराएको थियो।

एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाण्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ टोली सहभागी छन्। प्रतियोगिता गत मङ्सिर १ गतेदेखि सुरु भएको हो र यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।


सम्बन्धित समाचार