६ मंसिर,काठमाडौं । नेपाल ब्लाइन्ड महिला क्रिकेट टोलीले प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकपमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
सेमिफाइनलमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गरेको हो।
अब नेपाल उपाधि जित्न भारतसँग भिड्नेछ। भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
फाइनल खेल आइतबार श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ।
नेपालको यो सफलता ब्लाइन्ड महिला क्रिकेटमा मुलुकको गौरवको क्षण बनेको छ।

















