Logo

७ मंसिर, काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीच वार्ता सफल भएपछि समूहले सबै विरोध कार्यक्रम फिर्ता लिएको छ । आजदेखि सुरु हुने भनिएका प्रदर्शन तथा अन्य कार्यक्रम स्थगित गरिएको समूहले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तापछि आएको सहमतिअनुसार विरोधका सबै कार्यक्रम फिर्ता लिइएको हो। सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र आन्दोलनरत समूहका सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

समूहले उठाएका २७ बुँदे मागका विषयमा विस्तृत छलफल भएको र आगामी दिनमा पनि निरन्तर वार्ता, छलफल तथा सहजीकरणको प्रक्रिया अघि बढाइने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सरकार र समूहबीच वार्ता मार्गबाट समाधान खोज्ने सहमति बनेपछि हाललाई आन्दोलन शिथिल भएको बताइएको छ।


सम्बन्धित समाचार