Logo

७ मंसिर,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले गँहुँ खेती गर्ने किसानलाई बजार मूल्यभन्दा आधा सस्तो दरमा अर्थात् ५० प्रतिशत अनुदानमा गँहुँको बीउ वितरण गर्न सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाकी प्रमुख रोशनी यादवले आइतबार जानकारी दिँदै भनिन् कि यो कार्यक्रम वडानम्बर १ देखि ३२ सम्मका किसानलाई लक्षित गरिएको छ।

महानगरपालिकाले किसानलाई वितरणका लागि २३ हजार ६०० केजी एनएल २९७ र विजय जातको गँहुँको बीउ खरिद गरेको छ। किसानहरूले बीउ प्रति केजी ८७ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ४० केजीको १ बोरा बीउको मूल्य १ हजार ८१२ रुपैयाँ तोकिएको छ।

बीउ प्राप्त गर्न इच्छुक किसानले आफ्नो खेतको लालपूर्जा र नागरिकताको प्रतिलिपीसहित महानगरपालिकाको कृषि तथा पशुपंक्षी शाखामा सम्पर्क गर्नुपर्ने छ। यादवले भने अनुसार, बीउ वितरण किसानको जग्गाको क्षेत्रफलको आधारमा गरिनेछ।

महानगरपालिकाले कृषकलाई सहुलियतयुक्त बीउ उपलब्ध गराएर गँहुँ उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ।


सम्बन्धित समाचार