Logo

७ मंसिर,काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गर्ने र संगठनको नाम दुरुपयोग गर्ने व्यक्तिहरूलाई कडा कारबाही गरिने बताएका छन्।

बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर नेविसंघका मोरङ क्याम्पसका नेताहरू हुन्।

सभापति शेर्पाले वक्तव्यमार्फत भनिसकेका छन् कि महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन र संगठनको नाम दुरुपयोग गर्नेहरूलाई आवश्यक कारबाही गरिनेछ।

शेर्पाले थपे, “नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन्। लोकतन्त्रमा विरोध सबैको अधिकार हो, तर आज विराटनगरमा भएको घटनाले नेविसंघको मूल चरित्रको प्रतिनिधित्व गर्दैन।”


सम्बन्धित समाचार