७ मंसिर, काठमाडौं । रेडियो अडियोका सञ्चालक तथा पत्रकार दीपेन्द्र खनियाँ काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको निवासमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार, उनी आफ्नै घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा फोला परेका हुन् । पत्रकार खनियाँको निधनको खबरले सञ्चार क्षेत्र स्तब्ध बनेको छ । उनको एक श्रीमती र एक छोरी छन् ।
घटनाको प्रकृति र कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले घटनाको थप विवरण र कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ । परिवारका सदस्यहरूले उनी बस्दै आएको घर गत फागुन महिनामा बेचेको जानकारी दिएका छन् ।















