Logo

७ मंसिर,काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भर डाउन भएपछि कार्यालयका सबै अनलाइन सेवा गत शुक्रबारदेखि ठप्प भएका छन्। सर्भरमा आकस्मिक प्राविधिक समस्या आएपछि कम्पनी दर्तादेखि अद्यावधिक तथा खारेजीसम्मका सबै प्रक्रिया प्रभावित भएका छन्।

कार्यालयका अनुसार क्यामिस प्रणालीमार्फत सञ्चालन हुँदै आएका सबै सेवा अनलाइनमै आधारित भएकाले सर्भर अवरुद्ध भएपछि कुनै पनि कार्य अघि बढ्न नसकेको हो। चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धी सबै काम भौतिक उपस्थितिविना क्यामिस प्रणालीमार्फत गरिने व्यवस्था लागू गरिएको थियो।

सर्भर कुन कारणले डाउन भएको हो भन्नेबारे प्राविधिक टोलीले परीक्षण गरिरहेको कार्यालयले जनाएको छ। सेवा कहिले सुचारु हुन्छ भन्ने निश्चित नभएकाले सेवाग्राही प्रभावित भएका छन्।


सम्बन्धित समाचार