८ मंसिर, काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको भाउमा प्रतितोला एक हजार नौ सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला बीस रुपैयाँले कमी आएको हो ।
मूल्य घटेपछि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर आज प्रतितोला ३ हजार ११५ रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावटले आज उपभोक्ताहरूलाई केही राहत दिएको छ ।

















