Logo

८ मंसिर, काठमाडौं । खगेन्द्र सुनारको नेतृत्वमा रहेको ‘हाम्रो पार्टी नेपाल’ ले निर्वाचन आयोगबाट दल दर्ताको औपचारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

गत कात्तिक १८ गते आयोगमा दल दर्ताको निवेदन दिएको यस नयाँ राजनीतिक दललाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार खगेन्द्र सुनारसहितका नेताहरू निर्वाचन आयोग पुगेर आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

निर्वाचन आयोगमा यो दलले दर्ता नम्बर २१६ पाएको छ र यसले आफ्नो चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न’ लाई निर्धारण गरेको छ ।
यससँगै अब ‘हाम्रो पार्टी नेपाल’ औपचारिक रूपमा नेपालको राजनीतिमा क्रियाशील हुने बाटो खुलेको छ।


सम्बन्धित समाचार