८ मंसिर,वीरगञ्ज । मधेस प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जनकपुरधामले सोमबार जारी गरेको सूचनामा यसबारे जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार, २०८१ साल चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा समावेश बिदा व्यवस्थाअनुसार विवाह पञ्चमीको दिन प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।
मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले नागरिक र विभिन्न कार्यालयहरूलाई आवश्यक जानकारीका लागि बिदासम्बन्धी सूचना सार्वजनिक गरिएको उल्लेख गरेका छन्।
विवाह पञ्चमीका मुख्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू परम्परागत रूपमा जनकपुरधाममा हुँदै आएका छन्। यस वर्ष पनि मंगलबार सम्पूर्ण प्रदेशभर सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।
















