Logo

८ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर वडा नं.१ बस्ने बर्ष ३४ को अवधेश पटेल रहेका छन् ।

प्रहरीले विशेष सूचनाको आधारमा आइतबार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारततिरबाट आँउदै गरेका पटेलले हाँकेको बीआर २२ए एफ ४१२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेकोे थियो।त्यसक्रममा उक्त मोटरसाइकलमा रहेको झोलाबाट नगद १५ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

पटेलको साथबाट प्रहरीले हजारको नोट ७९० थान,५०० दरका नोट १३०१ थान, सयको ५६९ थान र .५० को ५० नोट गरी जम्मा १५ लाख रकम सहित पक्राउ गरेको बस्नेतले बताए ।रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को क बमोजिम कसुरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानएको छ ।


सम्बन्धित समाचार