१० मंसिर, चितवन । उपकार सेवा नेपालले चितवनको माडी नगरपालिका वडा नं. ९ मा रहेका विभिन्न मन्दीर तथा जेष्ठनागरिकको विश्राम केन्द्रमा पंखा सहयोग गरेको छ ।
उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्यादेवी सरावगी र अधिकारकर्मी प्रकाश थारुले वडा नंं ९ स्थित खरिकुना, र वगहीमा रहेका मन्दिर तथा जेष्ठनागरिक विश्राम स्थलमा ५ थान पंखा सहयोग गरेका हुन । गर्मीको समयमा जेष्ठ नागरिकहरुलाई बस्न सहजहोस भन्ने उदेश्यले पंखा उपलब्ध गराईएको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले बताई ।
उपकार सेवा नेपालले उपलब्ध गराएको पंखा माडी नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष धनश्याम दवाडीलाई हस्तान्त्रण गरिएको थियो । वडा अध्यक्ष दवाडीको अनुरोधमा उपकार सेवा नेपालले उक्त पंखा उपलब्ध गराएको हो ।
यसअधि उपकार सेवा नेपालले माडी नगरपालिका वडा नंं ९ स्थित श्री गणेश आधारभूत विद्यालयमा १० थान र राममन्दिर जेष्ठ नागरिक विश्राम केन्द्रमा ५ थान पंखा उपलब्ध गराइएको थियो ।
गणेशकुञ्जास्थित राममन्दिरसँगै रहेको जेष्ठ नागरिकहरूको विश्रामस्थलमा पंखाको व्यवस्था मिलाइदिन माडी नगरपालिका वडा नं. ९ का अध्यक्ष धनश्याम दवाडीले उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीलाई अनुरोध गर्नुभएको थियो। वडाध्यक्षको आग्रहमा माडीमा जेष्ठ नागरिकले गर्मीको समयमा भोग्नुपरेको असहज अवस्थालाई सहज बनाउन विभिन्न दाताबाट प्राप्त ५ थान पंखा सहयोगस्वरूप उपलब्ध गराइएको समाजकी अध्यक्ष सरावगीले बताउनुभयो।
यसअघि पनि उपकार सेवा नेपालले माडी नगरपालिका वडा नं ९ स्थित गणेश आधारभूत विद्यालयलाई १० थान पंखा सहयोगस्वरूप उपलब्ध गराएको थियो। अघिल्लो वर्ष गरिएको उक्त सहयोगप्रति विद्यालय परिवारले समाजकी अध्यक्ष विद्यादेवी सरावगीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो। उपकार सेवाले सोही वडामा यसअघि ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर र जाडोको समयमा ३ सय घरपरिवारका लागि कम्बल पनि वितरण गरेको थियो।

















