Logo

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय आज मंसिर १० गतेऔपचारिक रूपमा सकिएको छ।

फागुन २१ गते हुन लागेको यस निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूका लागि यो अन्तिम म्याद थियो। मंसिर १ गतेदेखि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेकोमा हिजोसम्म कुल ८० वटा दलले आफ्नो दर्ता प्रक्रिया पूरा गरिसकेका छन् । आजसम्म दर्ता भएका दलहरूले मात्र आगामी फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

यसैबीच, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको सम्पूर्ण कार्यतालिका सार्वजनिक भइसकेको छ, जसअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ र सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।

मनोनयन पत्रमाथि उजुरीका लागि माघ ७ गतेको समय छुट्याइएको छ भने माघ ८ गते उजुरी र मनोनयन पत्रको जाँचबुझ गरी निर्णयपश्चात् पुनः नामावली प्रकाशन हुनेछ। उम्मेदवारहरूले माघ ९ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। यससँगै, देशमा चुनावी सरगर्मी निकै बढेको छ।


सम्बन्धित समाचार