११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार राजनीतिक समूह समाहित हुने भएका छन्।
एकताको तयारीमा रहेका समूहहरूमा जनता समाजवादी पार्टी (एकीकरण पक्षधर) समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह रहेका छन्। यी चारै समूह औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुँदैछन्।
चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीचको एकता घोषणा समारोह आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम तय गरिएको छ।
जनता समाजवादी पार्टी (एकीकरण पक्षधर) समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकीकृत हुँदैछ भने नेकपा माओवादी विद्रोही समूह सरद रसाइलीको नेतृत्वमा पार्टीमा प्रवेश गर्ने भएका छन्।
समारोहमा एकता घोषणासँगै नयाँ संरचना र भावी राजनीतिक योजनाहरू पनि सार्वजनिक गर्ने तयारी गरिएको आयोजक पक्षले जनाएको छ।

















