Logo

११ मंसिर,काठमाडौं । क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको पारासिटामोल आईपी ५०० एमजी (रेक्जामोल) औषधि बजारबाट तत्काल फिर्ता (रिकल) गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विभागले औषधिमा न्यून गुणस्तर पाइएकाले फिर्ता गर्नुपर्ने जनाएको हो।

काभ्रेको बनेपा स्थित उद्योगले उत्पादन गरेको उक्त औषधिको ब्याच नम्बर TRX–695, उत्पादन मिति नोभेम्बर २५ र म्याद सकिने मिति अक्टोबर २६ रहेको नमुनालाई राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा दिजोल्युसन टेस्ट मापदण्ड (Performed 2022) अनुरूप नभएको पुष्टि भएको विभागले जनाएको छ। यसै कारण उक्त ब्याचलाई न्यून गुणस्तरीय ठहर गर्दै बाजारबाट हटाउन निर्देशन दिइएको हो।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम २०८२ मंसिर १० गते सार्वजनिक गरिएको सूचनामार्फत विभागले उद्योग तथा त्यसका प्रतिनिधिहरूलाई सो ब्याचका सबै औषधि तुरुन्तै बजारबाट फिर्ता गरी सम्पूर्ण विवरण विभागमा पेस गर्न कडाइका साथ आदेश दिएको छ।

यसबाहेक विभागले सर्वसाधारण, स्वास्थ्यकर्मी र औषधि आपूर्तिकर्ताहरूलाई सो ब्याच नम्बर भएको औषधि बिक्री, वितरण वा प्रयोग नगर्न र नगराउन आग्रह गरेको छ।


सम्बन्धित समाचार