११ मंसिर, काठमाडौं । पछिल्लो समय लगातारजसो बढिरहेको सुनको मूल्यमा बिहीबार सामान्य ब्रेक लागेको छ, भने चाँदीको भाउ भने उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ तोलामा ४०० ले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० कायम भएको छ । यसअघि बुधबार सुनको भाउ ९०० रुपैंयाले बढेर २ लाख ४८ हजार ८०० मा कारोबार भएको थियो ।
यद्यपि, बिहीबारको सामान्य गिरावटको बाबजुद पनि सुनको मूल्य विगत एक सातालाई हेर्दा उच्च वृद्धिमा रहेको देखिन्छ । गत बिहीबारको २ लाख ४३ हजारको तुलनामा यस साता तोलामा ५ हजार ४०० रुपैंयाले मूल्य बढेको छ ।
अर्कोतर्फ, बहुमूल्य धातु चाँदीको भाउमा भने आज वृद्धि देखिएको छ । महासंघले बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ६० ले बढाएर ३,२८० रुपैंया कायम गरेको छ। बुधबार चाँदी प्रतितोला ३,२२० रुपैंयामा कारोबार भएको थियो । समग्रमा, अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्यमा भएको सामान्य करेक्सनका बाबजुद चाँदीको मूल्यमा भने उत्साहजनक वृद्धि भएको अवस्था छ ।

















