११ मंसिर,वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको बापत सम्मानित भएको छ।
बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरे।
नेशनल मेडिकल कलेज वीरगञ्जका प्रेस सल्लाहकार आसिक अंसारीका अनुसार, आठ वटा जिल्ला रहेको मधेस प्रदेशमा कलेजले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको मान्यतामा यस सम्मान प्रदान गरिएको हो।
आसिक अंसारीका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा नेशनल मेडिकल कलेजलाई लगातार दोस्रो पटक सम्मान दिइएको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि कलेजलाई मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको बापत सम्मानित गरिएको थियो।

















