११ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। पार्टीको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकको जानकारी दिएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा लगायतका विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।
आजको बैठकमा महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट समूहका मुद्दा सम्बोधन पनि प्रमुख विषय रहेको छ। बैठकमा पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने र चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने जस्ता विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

















