११ मंसिर, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले पार्टीको हालै सम्पन्न एकता वैचारिक र सैद्धान्तिक आधारमा भएकोले यो दीर्घकालीन रूपमा बलियो हुने जिकिर गरेका छन् ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै नेता नेपालले विचार, सिद्धान्त, नेपाली विशेषताको वैज्ञानिक समाजवादु को आधारमा नेकपाको एकता बलियो बनेको दाबी गरेका छन् । उनले अब धेरै कुरा नगरी काममा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै पार्टीका सबै समिति र जनवर्गीय सङ्गठनहरूमा समायोजन गर्ने बाँकी कामहरूलाई तत्काल सम्पन्न गर्नुपर्ने बताए ।
साथै, उनले देशैभरि नेपाली कम्युनिस्ट पार्टीप्रति आकर्षण बढेको भन्दै सोहीअनुसार पार्टीका गतिविधिहरूलाई तीव्रता दिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

















