Logo

११ मंसिर,वीरगञ्ज । स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना गरेको यो पुरस्कार यात्रा डेली अनलाइनका डेस्क सम्पादक सर्राफलाई प्रदान गर्न लागिएको हो।

बिहीबार बसेको पत्रकार छनोट समितिको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार सर्राफलाई नै दिने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए।

उनीका अनुसार २१ हजार रुपैयाँ नगदसहितको पुरस्कार मंसिर १५ गते वीरगञ्जमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पत्रकार सर्राफलाई हस्तान्तरण गरिने छ।

समाजवादी प्रेस संगठनले पत्रकारिता क्षेत्रको योगदान र प्रतिबद्धतालाई कदर गर्ने उद्देश्यले यो पुरस्कार वितरण गर्दै आएको छ।


सम्बन्धित समाचार