Logo

१२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आज पुनः छलफल गर्ने भएका छन्। महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पार्टीभित्र मतभेद बढेपछि शीर्ष नेताहरू सक्रिय भएका हुन्।

छलफलका लागि शुक्रबार दिउँसो १ बजे समय निर्धारण गरिएको छ। सभापति देउवासँग खड्का, थापा र शर्माले हिजो साँझ पनि एक चरण वार्ता गरेका थिए। तर सहमति नजुटेकै कारण आज पुनः बैठक बस्न लागिएको हो।

यसअघि बिहीबार बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि शीर्ष नेतृत्वबीच सहमति नजुटेपछि आइतबारका लागि सारिएको छ। कांग्रेसमा महाधिवेशन चुनापूर्व गर्ने कि चुनावपछि गर्ने भन्ने विषय प्रमुख विवादका रूपमा उभिएको छ।

यता, पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहित लिखित प्रस्ताव पेस गरेका छन्। उक्त प्रस्ताव पार्टी नेतृत्वका लागि थप दबाबको विषय बनेको छ।

शीर्ष नेताहरूबीच दोस्रो चरणको छलफलले महाधिवेशनको दिशाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार