Logo

2017-photo(c)narayan maharjan

१२ मंसिर,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विदेशमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै महत्त्वपूर्ण शैक्षिक सुविधाको घोषणा गरेको छ ।

त्रिविले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा क्याम्पसहरू मार्फत अनलाइन माध्यमबाट पठनपाठन गराउने विषय समावेश गरेको हो । त्रिविका उपकुलपति दीपक अर्यालका अनुसार, यस योजना अन्तर्गत प्रयोगात्मक कक्षा आवश्यक नपर्ने विषयहरूलाई छनोट गरी अनलाइन कक्षा सञ्चालन गरिनेछ। यसरी अनलाइन अध्ययन गर्ने विद्यार्थीहरूको परीक्षा भने सम्बन्धित देशमा रहेका नेपाली दूतावासको सहकार्यमा भौतिक रूपमा लिइने व्यवस्था मिलाइनेछ।

उपकुलपति अर्यालका अनुसार, यस सुविधाबाट विदेशमा रोजगारी वा अन्य कारणले बसोबास गरिरहेका नेपालीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन पाउनेछन् । उहाँले यसरी अध्ययन पूरा गरी शैक्षिक उपाधि सहित स्वदेश फर्किँदा उनीहरूलाई आर्थिक र शैक्षिक गरी दोहोरो लाभ मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार