Logo

१२ मंसिर, काठमाडौं ।  नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चलिरहेको अन्योलबीच सभापति शेरबहादुर देउवा पक्षकै २८ जना केन्द्रीय सदस्यहरूले पार्टी अनिर्णयको बन्दी बनेकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार कुपण्डोलमा बसेको देउवा पक्षधर केन्द्रीय सदस्यहरूको बैठकले पार्टीले छिटो निर्णय लिन नसक्दा ठूलो क्षति पुगेको निष्कर्ष निकालेको हो । यस समूहमा आज केन्द्रीय सदस्य उमा रेग्मी थपिएकी छिन्। बैठकले अब पार्टी नेतृत्वलाई ढिलासुस्ती अन्त्य गरी छिटोभन्दा छिटो ठोस निर्णयमा पुग्नका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पाका अनुसार, महाधिवेशनका निर्णय नलिँदा पार्टीलाई क्षति पुगेको निष्कर्ष सहित नेतृत्वलाई ध्यानाकर्षण गराउने निर्णय भएको हो ।

यसअघि, चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएका यस समूहले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा संस्थापन इतरका नेता डा। शेखर कोइरालालगायत विशेष महाधिवेशन पक्षधर नेताहरूलाई भेटेर छलफल गरेको थियो। आफ्नो पक्षका नेताहरूले नै पार्टी नेतृत्वलाई दबाब दिन थालेपछि अब कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनको विषयमा कस्तो निर्णय लेला भन्ने चासो बढेको छ।


सम्बन्धित समाचार