१२ मंसिर,काठमाडौं । नेपाल प्रहरीका पूर्व सह–प्रधान महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न लागेका छन्।
शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा पोखरेलले पार्टी प्रवेश गर्ने जनाइएको छ। रास्वपा स्रोतका अनुसार उनलाई पार्टीको अनुशासन आयोगमा जिम्मेवारी दिइनेछ।
पोखरेलले २०७७ मंसिर २५ गते एआइजी पद सम्हालेका थिए र २०७९ साउन २ गते उक्त पदबाट राजीनामा दिएका थिए। तत्कालीन समयमा तेस्रो वरीयतामा रहेका एआइजी धिरजप्रताप सिंह आइजिपी बनेपछि पोखरेल असन्तुष्ट भएका थिए। उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतसम्म पुगेका थिए।

















