१३ मंसिर,काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको चुनौती प्रस्तुत गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनाएको छ। पोखराका लागि अदम रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले भने जिम्मी निशमले ५१ रन थपेका थिए।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुल्बदिन नइबले एक विकेट हात पारे।
हाल जारी प्रतियोगितामा ३ खेल खेलेको पोखराले एकमात्र जित निकालेको छ भने चार खेल खेलेको लुम्बिनी पनि एक खेलमा मात्र विजयी बनेको छ। अंक तालिकामा दुई–दुई अंकका साथ पोखरा छैटौँ र लुम्बिनी सातौँ स्थानमा छन्।
यो खेलबाट पोखराले लुम्बिनीमाथि दबाब सिर्जना गर्ने अवसर पाएको छ, जबकि लुम्बिनीले लक्ष्य पुरा गर्न चुनौतीपूर्ण पारी खेल्नुपर्नेछ।

















