१४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर १५ गते बस्ने भएको छ।
यसअघि मंसिर १४ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश एक दिन पछाडि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिएको छ।
पार्टीभित्र पछिल्ला दिनमा संगठन, महाधिवेशन तथा आन्तरिक विवादसम्बन्धी छलफलहरू तीव्र बन्दै गएको अवस्थामा बस्न लागेको यो बैठकले महत्वपूर्ण निर्णय गरिने अपेक्षा गरिएको छ।

















