Logo

१४ मंसिर,काठमाडौं । युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढिरहेको रुसी ‘स्याडो फ्लिट’ मा रहेका दुईवटा तेल ट्याङ्करलाई ड्रोनमार्फत निशाना बनाएको छ। रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेल कारोबारमा असर पुर्‍याउने उद्देश्यले आक्रमण गरिएको बीबीसीले जनाएको छ।

टर्किस अधिकारीका अनुसार काइरोस र विराट नामक दुई ट्याङ्करलाई लक्ष्य बनाइएको हो। दुवै ट्याङ्करमा गाम्बियाको झन्डा अङ्कित रहेको र ती ट्याङ्करहरू टर्कीको तट सीमा हुँदै अघि बढिरहेका बेला आक्रमण गरिएको बताइएको छ। पछिल्लो घटनामा मानविय क्षतिको विवरण नखुले पनि सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएयता हजारौं मानिसको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन्।

युद्ध रोकिएको छैन तर पछिल्लो समय अमेरिकाको मध्यस्थतामा दुवै देश शान्ति वार्तामा सकारात्मक देखिएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शीर्ष सुरक्षा अधिकारीसहित युद्ध अन्त्य सम्बन्धी सम्भावित सम्झौतामा निरन्तर वार्ता गर्न अमेरिका प्रस्थान गर्दै छन्। युक्रेनी प्रतिनिधिमण्डलले फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार