Logo

१४ मंसिर, काठमाडौं । नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन् ।

भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्त बीच बिहीबार पार्टी एकता घोषणा भएपश्चात् आइतबार बसेको एकता बैठकले भुसाललाई यो जिम्मेवारी दिएको हो । एकताअघि नेकपा संयुक्तको नेतृत्व पुराना नेता चन्द्रदेव जोशी ले गर्दै आएका थिए ।

एकीकृत भएपछि अब यो नयाँ पार्टीले भ्रष्टाचारविहीन देश र समाजको परिकल्पना लाई प्रमुख लक्ष्य बनाएको नेता नन्द बञ्जाडेले जानकारी दिएका छन् । यो एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा भुसालको भूमिकालाई थप सशक्त बनाएको छ।


सम्बन्धित समाचार