१४ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्नो आसन्न एघारौं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ले उक्त महाधिवेशनको लोगो औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । एमालेको एघारौं महाधिवेशन यसै मंसिर महिनाको अन्तिम साता भक्तपुरको सल्लाघारीमा आयोजना हुँदैछ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा हाल देशभरबाट महाधिवेशन प्रतिनिधि छनोटको काम तीव्र गतिमा भइरहेको छ । यो लोगो सार्वजनिक भएसँगै एमालेले महाधिवेशन तयारीलाई थप गति दिएको देखिन्छ ।

















